Ananta Koirala
@anantabrt
A learner. Change is natural, so I am. Every day I Learn, Unlearn and Relearn. Mostly Sarcastic. Once a Online Correspondent. Media enthusiast.
धेरै दिन भयो यता आउन पाइएन। यही मौकामा एउटा गज्जबको कविता लेखेको छु, ऋखि दादाको मुखारबिन्दबाट सुनेर अरुसम्म पनि पुराइदिनुहोला #okbye
#एकजमानाथियो ट्विटर एक परिवार जस्तै थियो। जमाना फेरियो, त्यही परिवार फुटेर उबेलाकै केही साथीहरु अंश मुद्दा हालेका दाजुभाइ जस्ता भएका छन् !🤣
पहिले र अहिले देखिएका भिन्नताका बारेमा सबैले #एकजमानाथियो ह्यास् ट्याग प्रयोग गरेर ट्वीटिन सक्नुहुन्छ :पी
#एकजमानाथियो,चप्पल काटेर पाङग्रा बनाइन्थ्यो, साबुनको बट्टाको चार कुनामा हालेर कुदाइन्थ्यो। यो गाडीको लागि आफ्नै मोटरबाटो बनाइएको हुन्थ्यो
#एकजमानाथियो ल्याण्डलाइनमा घण्टी बजेपछी कुन चै छिमेकिलाई बोलाइदिनु पर्ने भो भनेर टेन्सन हुन्थ्यो - अनी फेरी १ घण्टा गफ गर्थे
#एकजमानाथियो घिउ को सिसि पिध बाट प्वाल बनाएर खाइन्थ्यो :)
#एकजमानाथियो जमाना इस्कुल जान छाडी छाडि शक्तीमान हेरिन्थ्यो दुरदर्सनमा
#एकजमानाथियो स्कुलको ब्ल्याकबोर्डमा फलानो + फलानो लेखिन्थ्यो, अनि सरको हात बाट कुटाइ खायिन्थ्यो !
#एकजमानाथियो सरले चुरोट सुर्ती खान हुन्न भनेर पढाउथे र अनि बाहिर निस्किदा आफै सरले सुर्ती पड्काउदै बस्थे,चुरोट खान्थे र आजपनी त्यो कायमै छ।
#एकजमानाथियो यसरी रिडियो क्यासेट बोकेर हिड्थे मान्छेहरु :))
#एकजमानाथियो : 'ल्याक्टो फन' को यस्तो खोल तन्काएर दुई बित्ताको बनाएर दगुर्दै दोकान गई चकलेट साटेर खाइन्थ्यो ।
#एकजमानाथियो रेडियो भित्र बोल्ने मान्छे कहाँ छ भनेर रेडियो समेत फुटाइन्थ्यो तर साङ्लो भन्दा अरु केहि भेटिन्न थियो l😁😁
#एकजमानाथियो नेफोलीहरुले के टुइटर चलाउन र! भन्ने सोचेर खैरेहरुको सङ्गत गरिन्थ्यो..;))
#एकजमानाथियो मौसमबारे थाहा पाउन टाउको आकासतीर उठाउनुपर्थ्यो ;)
#एकजमानाथियो, घाँस काट्न जाँदा, बाख्रा चराउन जाँदा काँधमा रेडियो बोकेर हिनिन्थ्यो, आजकाल मोबाइलमै सुन्न नि अल्छि लाग्छ :)
#एकजमानाथियो, सम्चारमा सुनेर 'ओहो, फलानोले सगरमाथा चढेछ' भनेर चकित परिन्थ्यो, अहिले 'थुक्क ! त्यसले नि सगरमाथा चढ्ने रे' भनिन्छ :)
हाम्ले काम गरेकै छम्, कर तिरेकै छम्, पड्काओ पड्काओ, हाम्रो पैसा पड्काओ 😀
चामलको भाऊ महँगो भएर निमेक पुऱ्याउन नसकेर यतातिर धेरै आउन भ्याइएको छैन। देश बनाउनेबारे चिन्तन गर्न सकिएको छैन। देश बनिसक्यो कि बाँकी छ? प्रेम दाजु र कुलमानज्यूले पार्टी खोलेर देश बनाउन थालिसक्नुभयो कि कसैको निम्ता पर्खेर बस्नुभएको छ? के छ अपडेट? 🤔