Bishwa Prakash शर्मा
@bishwaprakash77
आंशुले होइन पसिनाले भिज्नुपर्छ देश ! ति अनुहार, पिडा र प्रश्नले मलाई आफ्नो कर्तव्यप्रति सदैब सजग गराउने छ l कार्यक्रम #ऎना मार्फत आफ्नो देश अझ गहनसंग बुझ्न पाएं अनि निष्कर्षमा पुगें परिवर्तनको `सामाजिक क्रान्ति´ संभव नभए अन्य सबै परिवर्तन फिका हुनेछन् !
आफ्नी `आमा´ लाई जन्मदिने स्वर्गीय `हजुरामा´ लाई स्मरण गर्दै, छोरी स्वीकृतिले शब्द लेखेर, बनाइन् धुन, गुनगुनाइन् अनि दिइन् शुभकामना जन्मदिनको ! मेरो तर्फबाट पनि धेरै शुभकामना l धेरै माया l ……Happy birthday ……
आउनोस् कृषि र कृषकलाई हेर्ने दृस्टी बदलौं ! #कार्यक्रम_ऎना #सिजन_2 #एपिसोड_3 झुत्रो लुगाको तस्वीर पाठ्यपुस्तकमा राखेर बालबालिकालाई `किसान´ चिनाइन्छ / पढाइन्छ, भने ठूलो भएर खेतीकिसानी गर्ने सपना उसले कसरी देख्छ ? #कृषिको_कथा_ब्यथामा मुस्ताङकि एक बिद्यार्थीको गहकिलो प्रश्न !
किसान शब्द सुन्दा हजुरहरुको दिमागमा के आउँछ? Full Episode: youtu.be/ZpHwBbJ2Py4 #Ainaa2 #AgricultureSector #Farmer @bishwaprakash77 @JanakPoudyal @baabajee
#कार्यक्रम_ऎना #सिजन_2 #एपिसोड_2 हरेक नागरिकको स्वास्थ्यमा सुलभ पहुँचको प्रश्न ! शुक्रबार राती ९.०० बजे, @KantipurTVHD Youtube OSRreality
`भुमि सम्बन्धि केही नेपाल ऎन संशोधन विधेयक´ स्वयंमा संशोधन गरेर सहमति जुटाउन जरुरी छ ! पर्याप्त गृहकार्य नगरी `सोझै पारित गर्नेगरि´ संसदमा प्रस्तुत हुनलागेकोमा खुला विमती छ ! `लटरपटर´ नगरौं, पुर्व सहमति खोजौं कि समितिमा पठाउँ l अन्यथा आजलाई कार्यसुचिबाट हटाइयोस् - `भुमि विधेयक´!

आज देखी शुरु हुँदैछ #कार्यक्रम_ऎना को दोस्रो सिजन l हरेक शुक्रबार राती ९:०० बजे कान्तिपुर टेलिभिजन र युट्युब च्यानल OSR Reality मा ! @bishwaprakash77 @Ainaatvshow @baabajee
'ऐना'ले भाटभटेनीको विज्ञापन लिएको भनेर विवादमा ल्याउन खोजेको देखियो। के अबदेखि कुनै पनि रेडियो/टिभी कार्यक्रम विज्ञापन बेगर नै चलाउने घोषणा गर्ने हो त? कि `ऎना´ चैं विज्ञापन बेगर चलाउनुपर्ने हो? अथवा `भाटभटेनी'ले विज्ञापनै गर्न नपाउने या चैं विधिपुर्वक स-सानो विज्ञापन नदिएर,…
लामो समयदेखिको प्रतिक्षापछि अब छिट्टै प्रसारण हुँदैछ: ऐना-सिजन २ @Ainaatvshow 'ऐनाको अर्को पाटो-अब देश हिँड्ने बाटो' @bishwaprakash77 का साथमा ! @baabajee
तर … `असार १५´ को तस्वीर होईन यो ! कृषक साथीहरूका साथ, कृषि कुलो व्यवस्थापनमा मेचिनगर १४, दुहागढिमा केही अघिको video l सबैलाई धान दिवसको शुभकामना !
लामो समयदेखिको प्रतिक्षापछि अब छिट्टै प्रसारण हुँदैछ: ऐना-सिजन २ @Ainaatvshow 'ऐनाको अर्को पाटो-अब देश हिँड्ने बाटो' @bishwaprakash77 का साथमा ! youtu.be/jpvR3RVU-DI?si…
सगरमाथा आरोहणमा सबैभन्दा जोखिमपूर्ण `खुम्बु आइसफल´, पार गरेर camp-1 हुँदै camp-2 पुगेको छु l ६१४५ मिटरको लोबुचे हिमाल आरोहणभन्दा थोरैमाथी ६४०० मिटरको उचाइमा ! आज जेठ ६, मलाई जन्मदिने ममतामयी आमाको जन्मदिन l यो उचाईबाट असिम श्रद्धा, असिम स्मृति, अटुट प्रेम l

भारत-पाकिस्तान युद्धले हामीलाई पर्नसक्ने असरबारे सरकार, सरकारमा रहेका दल, प्रमुख प्रतिपक्ष, अन्य विपक्षी दल, नेपाली मिडिया र `सिंगो देश´ एक ढिक्का उभिन जरुरी छ ! सम्माननिय @PM_nepal_लाई बिशेष सार्वजनिक ध्यानाकर्षणसाथ सबै दलका सभापति र अध्यक्षलाई `बोधार्थ´ ध्यानाकर्षण !

भारत र पाकिस्तानमा हजारौं नेपाली विद्यार्थी अध्ययनमा, लाखौं नेपाली श्रम र व्यवसायमा छन् l युद्धले जोखिममा पर्दैछ तिनको जीवन ! कश्मिरको आतंकवादी हमलामा हाम्रा युवा सुदिप न्यौपाने मारिएको स्मरणगर्दै @PM_nepal_ त्यहाँ रहेका नेपालीको जीवन रक्षामा अविलम्ब गम्भीर पहल गरियोस् l
`प्रकृति लम्साल´ को घाउ छँदैथियो, फेरि नेपाली विद्यार्थीको `आत्महत्या´, उडिसाको त्यहि university मा l विद्यार्थी सुशान्त पौडेलले जनाए- बिरगंजको साह परिवारकि छोरि हुन् उनी l @PM_nepal_ मृत्युको सत्यतथ्य अविलम्ब खोजि गरियोस् ! नेपाली विद्यार्थीको अभिभावकत्वमा गम्भीर ध्यान पुगोस् l
नगर्नुपर्ने निर्णयमा हतारो / गर्नुपर्ने निर्णयमा बिलम्ब, सरकारको यो प्रवृत्ति समर्थन योग्य छैन l मुख्य दुईदल सम्मीलित सरकारको गति संतोषजनक भएन l कमजोरी केलाउँ, लय मिलाउँ, गति बढाउँ l सरकार अलमल बाहिर अनुभुतीमा भेटिनुपर्छ ! सरकार चल्नुपर्छ, तर कार्यशैली बदल्नुपर्छ !

नेपाली कांग्रेसका महामन्त्री मा. विश्व प्रकाश शर्माले आज संसदमा भनेझैं, "हामीले गर्नुपर्ने सुधार हाम्रो संविधानले परिकल्पना गरेको व्यवस्थाभित्र हो। हामीले सरकार-सत्ता सञ्चालनमा अपनाइरहेका तौरतरिकामा हो। त्यसका लागि हामीले संविधान संशोधन गर्न सक्छौं, व्यवस्थाभित्र पात्र फेर्न…
सटिक , सामयिक र सशक्त ! लु भो, चाहिएन बंगलादेश onlinekhabar.com/2025/03/165123…
निर्दोष व्यक्तिको घरमा आगो, मिडियामा आक्रमण प्रयास, सपिङ मलमा तोडफोड र पार्टी कार्यालयमा आगजनी… के यहि हो `संवैधानिक राजा´ फर्किने बाटो ? अराजक मार्गबाट `अनुदार राज´ फिर्ताको मोह त्याग्न पुर्व राजालाई आग्रह l असन्तुष्टिको हल खोज्नेछौं हामी, नागरिकले बनाएको संविधान भित्रैबाट !
कुलमान घिसिङलाई पदबाट हटाउन काँग्रेस पदाधिकारी तहको सहमति थिएन l बाँकी पदावधि काम गर्न दिन र नहटाउन आन्तरिक तथा सार्वजनिकरुपमै सजग गराइएको थियो l कार्वाही योग्य केही भए, पछिपनी गर्न मिल्थ्यो l केही राम्रा प्रयास छायांमा पार्नेगरी @PM_nepal_ यो निर्णय समयोचित विल्कुलै भएन l
असन्तुष्टिको भुँग्रोमा घिउ थप्न सरकार स्वयं लाग्नुहुन्न ! पुर्व बिशिस्टलाई सुबिधा थप्ने प्रश्न होस् या विद्युत प्राधिकरणको एमडी हटाउने प्रकरण l सरकार संयमले चल्नुपर्छ ! `बेथिति नियन्त्रण, पद्धति सुदृढीकरण´ मा लोकतान्त्रिक मिडिया पनि सचेत रहनैपर्छ !