Ranjit Tamang
@RaneyTam
Working journalist, affiliated with http://sthaniyakhabar.com . My core reporting field is Local governance.
समाचारः माओवादी निकट विद्यार्थीहरू बीच कुटाकुट । टिप्पणीः कम्युनिष्टहरू जति ठूला र अग्ला कुरा गरे पनि एक दिन न एक दिन कांग्रेसको बाटोमा हिँडेरै छोड्छन् । ज्ञान समाप्त🙃
पुराना किताबहरूको धेरै आवरण चित्र टेकबीर मुखियाले कोरेको देखिन्छ । टेकबीर मुखिया कहाँको को हुनुहुन्थ्यो ? नेपालमा नाम पछिको थरमा मुखिया लेखेको खासै देखिँदैन । उहाँ दार्जिलिङ वा अन्त कतैको पो हुनुहुन्थ्यो कि !
भाषा, त्यसको लिपी, व्याकरणबारे बहस हुनु राम्रो कुरा हो । तर बहसको नाममा सँधै भाँडभैलो हुनु राम्रो कुरा होइन । तामाङ भाषाकै लिपीको कुरा गरौँ न ! कोही तामहीग भन्दै पाखुरा सुर्किरहेका छन्, कोही सम्भोटा भन्दै तीघ्रा ठटाइरहेका छन् । यस्ता मूला दोबाटे झगडाले कहिँ पुगिदैन ।
भाषिक लिपीका बारे काइँला बा को कुरा सुनौँ है ! facebook.com/watch?v=103209…
मधेशको पानी संकटमा संघ र प्रदेशका अर्थ मन्त्रालयहरू, सम्बन्धित विकासे निकायहरू अघि बढ्नु पर्ने हो । तर गृह मन्त्रालय अघि बढेछ । ताप्केको पीँध तात्नु पर्नेमा बीँड तात्यो । सुख्खाग्रस्त क्षेत्रमा ५ सय डीप बोरिङ गाड्ने प्रधानमन्त्रीको भाषण ‘गफै त हो नि सम्धीज्यू’ बन्ने छाँट देखियो ।
लोकतन्त्रका लागी दलहरू बलियो र दीगो हुनुपर्छ । यसका लागी नेतृत्व हस्तान्तरण छरितो र स्पष्ट हुनुपर्छ । तर दुर्भाग्य ! पुराना दलहरूमा नेतृत्व हस्तान्तरणको विषयले घाँस खाइरहेको छ । नयाँ भनिएकाहरूमा पनि टुप्पाको एक्लो नेतामा ‘ढेडुले लङ्का जलाउँछु’ भन्ने स्तरको टपरटुइयाँपन देखिन्छ ।
रनेलाई अंग्रेजी कालो अक्षर भैँसी बराबर, गोलो अक्षर सेल बराबर ! तर पढ्नु परेको छ: Post-constitution scrutiny बोकाले सिङ्गै कुभिन्डो खान खोजेजस्तै भयो🙄
करचुक्ता लिएपछि अडिट रिर्पोट माग्ने ! मास्टर्सको सर्टिफिकेट लिए पछि एसएलसीको पनि खोज्ने ! अनलाईन इन्ट्रीपछि त्यसैको प्रिन्ट डकमुेन्ट दिनुपर्ने ! बिहे नगरेको मान्छेले अविवाहित प्रमाणित गर्नुपर्ने... यस्तो गएगुज्रेको कवाडी सिस्टम भएको देश नेपाल मात्रै हो कि संसारमा अरू पनि छन् ?
चुनावमा केशव स्थापितले भन्थेः मैले मेयर जितेँ भने मसानघाट पनि हेर्दैमा मरुँमरुँ लाग्ने बनाउँछु । अचेल पत्रकार पनि केशव स्थापितजस्तै भए । आत्महत्याको समाचार फूलबुट्टा भरेर लेख्छन्, मानौँ कि आत्महत्या गर्नु राम्रो काम हो । दुर्घटनाको फोटो फिचर हाल्छन्, मानौँ त्यो कुनै महोत्सव हो ।
तपाईलाई यो समाचार लाग्छ भने भ्रममा हुनुहुन्छ। यो कमजोर नागरिकलाई पेल्ने राज्यको अनुहार हो। कलिला सन्तान गुमाएका अभिभावकको चित्कार हो, एन्फाका पदाधिकारीको 'अपराध' को प्रमाण हो। त्यसैले उकेराले यसलाई समाचारको रुपमा मात्र हेरेको छैन। तपाईं पनि साथ दिनुस्। ukeraa.com/news/detail/16…
चैतसम्म हिमालयन ब्यांकको प्रतिशेयर आम्दानी तीन रुपैयाँ आठ पैसा, तर, आर्थिक वर्ष २०८२/८३ भित्र प्रतिशेयर आम्दानी ३० रुपैयाँ १२ पैसा पुर्याउने प्रक्षेपण ! त्यो कसरी सम्भव हुन्छ ? यस्तै यस्तैलाई पत्याएर धितोपत्र बोर्डको अनुमोदन,लगातार ठगी ! himalkhabar.com/144570/share-m…
तिमीहरूका राजतन्त्रले चाँही उत्पात नापेको थियो नि ! नेपाल रामराज्य नै थियो । यतिखेर राजतन्त्र भएको भए नेपाल लक्जेम्बर्गजस्तै भइसक्ने थियो पनि भन्ने कि !
"गुड गोईङ्ग रने दाई! यस्तै पारा हो भने कुन दिन रने दाईले #लुटतान्त्रिकगाँणतन्त्र मुर्दावाद भन्दिन बेर लाउँदैनन्!" भन्दैथ्ये @Lalitpur01and03 दादा। 😉😉😉
चीनले एउटै पञ्चबर्षीय योजनामा ६० हजार मेगावाटको ब्रम्हपुत्र (यर्लुङ साङ्पो) आयोजना चुपचाप बनाउँदैछ । यता नेपालमा पालैपालो सत्तामा गएका एमाले र माओवादी दुईचार लाखको विकास बजेट छरेर फेसबुकमा हल्ला गर्दै ताइ न तुइको लाईक र धन्यवाद खान्छन् । के तुलना गर्नु ? कहाँको सून, कहाँको लसुन ?
विदेशी लगानीका नाममा एउटा रेष्टुरेण्ट दर्ता गर्यो अनि भिसाको लचकता भइहाल्छ। अनि व्यापार चाहि के हो भन्ने नै थाहा हुन्न। ठमेलबाट फेरि २ किलो सुनसहित दुई चिनिया नागरिक पक्राउ।
कुलिङ पिरियडको बिरोध गर्दै प्रतिनिधीसभामा एमाले यति धेरै करायो कि, सांसदहरूको स्वर भष्मे डनको जस्तै भास्सिने अवस्थामा पुगेको थियो । तर राष्ट्रिय सभामा त्यही एमालेका सांसदहरूले कुलिङ पिरियड राख्न संशोधन हालेछन् । यत्तिको थेत्तरो पारा त ‘प्रतिगमन आधा सच्चिएको’ बेला पनि थिएन है !
बिचरा दुई करोड रुपैयाँ ! घिउ बेचुवा र तरबार बेचुवाको चेपुवामा परेछ । हामीजस्तासँग भए त्यो दुई करोडलाई कति माया गरेर राख्थ्यौँ होला ! ज्ञान समाप्त🙃

एमाले अध्यक्षमा केपी ओली तेस्रो पटक दोहोरिउन् कि, विद्या भण्डारी आउन् कि, ओली र भण्डारीको सहमतिमा उनीहरू दुईमध्ये एक अध्यक्ष बनुन् ! यो पार्टीको आन्तरिक लोकतन्त्र र नेतृत्वका दृष्टिकोणले दुषित कदम हुनेछ । चौतारोको बरपीपल त ठूटा बनेपछि नयाँ बिरुवा रोप्नुपर्छ, यहाँ मान्छेका कुरा ?