लक्ष्मीपूजा
@laxmilamsal
#Buddhism #Sanskrit #literature Journalist : CRI/CMG @ekantipur_com http://ekantipur.com/author/author-…
यस्तो झरी परिराछ, तामाङ दाजु कसरी घुम्छ होला आज ? जब की रेड अलर्ट जारी गरेकाले बच्चाको स्कूल नै बिदा गरिदेको छ l
नागपञ्चमी पर्वको शुभकामना। आज नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदैछ। यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइन्छ। नागको तस्बिर टाँस्दा घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट बच्न सकिन्छ भन्ने धार्मिक विश्वास।

डेढ वर्षदेखि यो नयाँ पावर वाला चस्मामा बानी पार्न खोजिरहेछु तर लगाएको ५ मिनेटमै रक्सी लागे झैँ धङ्धङी हुन्छ। बीचमा नेपाल गएको बेला चस्मा र आँखाको पावर पनि जुधाएँ ठीकठीकै छ भन्यो । तर कसै गरेपनि लगाउन सहज भएन । अब कसो गर्ने ? फाल्दिउँ कि बानी पार्ने प्रयास गरुँ? #help

नमरी स्वर्ग देखिन्न, भेटिन्न त्यो प्रभाकर हिम्मतै नभए को नै, कहलिन्छ बहादुर ? ‘नेपालीको ग्रेटवाल भावना’ सहित एउटा कविता लेखुँ भनेको- अब एआईले कविता लेख्ने भए कवि नै किन चाहियो र ?🤔

नेपालमा 'सबिन दमारा' भन्ने पत्रकार को रहेछ? चिनियाँ मिडियाले नामै बिगारिदिएर उल्कापात गर्ने क्या ..🤪 औद्योगिक विकास वरिपरि नयाँ गुणस्तरीय उत्पादकत्वको गठनलाई तीव्र पार्ने लोयाङको उपलब्धि देखेर नेपाल समाचार एजेन्सीका कार्यकारी अध्यक्ष सबिन दमाराको हृदय पनि छोयो भनेर लेखिएको छ।

नेपाली मिडियाले हजारौं वर्षदेखि सभ्यताहरूबीचको संवादको जीवन्त साक्षी: लोङमेन ग्रोटोजको प्रशंसा गरे रे ।

अब राजावादी पार्टीमा प्रवेश गरेर ‘राजा फर्काउ’ आन्दोलन चर्काउने हो भने के होला? कहिलेकाहीँ त सोचेरै काउकुती लाग्छ भन्या ।🤪
किन होला राष्ट्रको गरिमामय पदमा आसिन भएर पनि नपुगेको ? रिटायर्ड भएपछिको सुबिधाको लागि हामीले कर तिरेकै थियौ त । बचेखुचेको ईज्जत नि यहि बिवादले सकेको हो त ? 🤔
लेख्न सजिलो छैन। मान्छेहरू अर्काको लेखलाई सरसर्ती हेरेर हल्का टिप्पणी गरिदिन्छन् (हुन त आफ्नो बानी पनि त्यस्तै छ🤪) लेखकको परिश्रमको मूल्य थाहा पाउन गाह्रो छ। *खासमा एउटा लेख लेख्नुपरो भनेर लागेको २ साता भइसक्यो। अहिलेसम्म पूरा हुन सकेको छैन। यस्तो पाराले कसरी लेखक भइएला खै?😂
फरक मतको अपमानजनक प्रतिकार र चाकडीमा लाजै पचाएका तर हाल गुट फेरेकाले गलहत्याइने संभावना बोकेका केही चोथालेहरूले भजनकीर्तन छोड्ने घोषणा गर्दा के हर्षबढाइँ हो र? गुलामी सफल भएन, केही पाएनन् र विरक्तिए। तर दुर्बाच्यले सञ्जाल प्रदूषित पारेकाहरूले पार्टी छोड्नुपर्दा-नो सहानुभूति।
आखिर श्रीकृष्ण रहेछ एक -भन्या हो रहेछ। कुनै समय धर्मकर्मप्रति पूरै वितृष्णा राखेर,अरूलाई ढोँगी ठानेर,मैमत्त भएकाहरू, उमेर ढल्किँदै गएपछि पूजापाठ, सेवाधर्ममा निर्लिप्त भएको देख्दा पाखुरामा बल छउँञ्जेल अर्काको बद्ख्वाइँ गर्दै हिँड्नुहुन्थेन,भन्ने दिब्यज्ञान दिन सफल भए जे होस्।🤪
मेरो किताब - निहाउ नमस्ते - अब अडियो बुकमा आयो । किताब नै पाइएन भन्दै विरक्तिएका शुभचिन्तकलाई बल्ल बाँड्न पाइयो। सुनेर प्रतिक्रिया पाउँ है ।😜 कडा मेहनतका साथ ५ घण्टाभन्दा बढी बोल्नुभएकामा दाजु अच्युत घिमिरे बुलबुलप्रति आभारी । #hilightseveryonefollowers youtube.com/watch?v=ErJC38…
हाम्रोमा जानेकै अर्कामाथि दोषारोपण गर्न हो । पालो नआउँदासम्म यसैगरी उपदेश जारी हुन्छ । कुनै दिन यिनी प्रधानमन्त्री भएमा, गर्ने पनि उही हो, अरूहरूले भन्ने पनि यही बनिबनाउ वाक्यांश नै हो । दोषारोपण गर्न सके पानीमाथिको ओभानो भएको ठहर्छ, हाम्रो समाजमा ।
मनमोहनबाहेक सबै कम्युनिष्ट प्रधानमन्त्री असुलीधन्दामा लागे: जनार्दन शर्मा :: “माओवादी नेता का. @JSPrabhakar जीले जिब्रो नचपाइकन यथार्थकुरा राख्नु भयोकि कसो हो काम्रेड @cmprachanda , @kpsharmaoli , @ncp_madhavnepal ज्यूहरू ?” setopati.com/politics/364788
आज बहस गर्ने विषय यही त होला नि 👇 ‘नेकपा (एमाले)ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा आउन रोकेको छ’ अब के हुन्छ भनेर हामी विश्लेषण गरौं । १, ओलीको अहंकारबाट बच्नुपर्ने चुनौती पनि छ। २, गणतन्त्रको धरोहरले राजनीतिमा फर्किएर गिजोलगाजोल गर्ने खतरा पनि छ।🤪

राजधानीमा चिया पसलहरू खूब चल्छन्। फुटपाथदेखि ५ तारेसम्म सर्वत्र चियाको खोलो बगिरहेको हुन्छ। जहिल्यै भीड। मान्छेहरू कति फूर्सदिला हुन्। घरमा चिया पकाउँदैनन्, बरू रेडिमेडका लागि गल्लीचोकमा भेला। अब आन्दोलन/बन्द भए पो सडकमा उफ्रिन जानु नत्र टाइम पास गर्न चिया पसल नगएर कहाँ जाने?🤪

मान्छे के सुरमा हुन्छ, के तालमा भौतारिइरहेको हुन्छ। आवश्यक नपरेकाले/भेट्न नचाहेरै वास्ता नगरेको नि हुनसक्छ, तर धुइँपत्ताल खोजी हिँड्ने, नभेटी फर्किँदा संसारै छुट्नेजस्तो अभाषी लगाउने, बिचौलिया आफूबाहेक अर्को होइन झैँ गरी पछिपछि लागेर डिस्टर्ब गर्ने कि नगर्ने? भन्ने कुरो आयो🤪
भ्रष्टचारीका सन्ततिहरुले दुनियाँको चिन्ता छोडेर आफ्ना बाआमा र नातेदारप्रति औंला ठड्याइदिने हो भनेपनि यो राजनीति केही संलिन्थ्यो। तर भ्रष्टचारकै अन्नपानी खाएर डकारिरहेका बच्चाहरु यस्तो कुरा स्वीकार्न लजाउँछन्। होइन, फसाएको, डुबाएको, चुसाएको भन्दै प्रतिवाद मात्रै गरिबस्छन् l