Prakash Man Singh
@PMSinghNC
Deputy Prime Minister of Nepal. Minister for Urban Development. MP KTM-1. Central Committee Member,Former Vice President & General Secretary of Nepali Congress.
अनेकौं जटिलतालाई बाल्यकालबाटै देख्दै र भोग्दै आएका प्रकाशमान सिंहले हिँडेको राजनीतिक यात्रा आफ्नै मेहनत र संघर्षबाट प्राप्त भएको हो । - PART 1 केन्द्रमा प्रभाव, क्षेत्रमा विकास । जय नेपाल ।
धनुषाको राम सीता विवाहस्थलमा सीतापुष्पवाटिका (मणिमण्डप) र महोत्तरीको जलेश्वरमा बहुउद्देश्यीय व्यापारिक भवनको आज उद्घाटन गरेको छु । यी संरचनाले धनुषा र महोत्तरीको पर्यटन प्रवर्द्धन र आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने विश्वास लिएको छु ।



हार्दिक श्रद्धासुमन ! नेपाली कांग्रेसका संस्थापक नेता, नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाज्यूको आज स्मृति दिवस । उहाँप्रति उच्च सम्मान व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।

`६३ओैं इञ्जिनियर्स डे´ को शुभकामना ! ६३ओैं इञ्जिनियर्स डे को अवसरमा नेपाल इञ्जिनियर्स एसोसियसनले आयोजना गरेको कार्यक्रममा । सम्पूर्ण इञ्जिनियर तथा आर्किटेक्टहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।


यी दुवै समाचार पढम् र रवि लामिछाने एन्ड कम्पनीलाई शुभकामना भनम् 👇 onlinekhabar.com/2025/07/172469… onlinekhabar.com/2021/11/103592…
नेपाली भाषा, साहित्यको क्षेत्रमा आदिकवि भानुभक्त आचार्यको योगदान स्मरणीय छ । भानु जयन्तीको अवसरमा शुभकामना व्यक्त गर्दछु ।

भावपूर्ण श्रद्धाञ्जली ! प्रजातन्त्र सेनानी,नेपाली कांग्रेस धादिङ जिल्ला पूर्व सभापति आदरणीय भरतराज उप्रेतीज्यूको ९७ वर्षको उमेरमा निधन भएको खबरले स्तब्ध बनाएको छ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।

गुरूर्ब्रह्मा गुरू विष्णु, गुरु देवो महेश्वर: गुरु साक्षात परब्रह्म, तस्मै श्री गुरवे नम : गुरु पूर्णिमाको अवसरमा शुभकामना व्यक्त गर्दछु ।

कागेश्वरी मनोहरा नगरपालिकाको सुविधा सम्पन्न प्रशासकीय भवन आज उद्घाटन भएको छ । नगरवासीका लागि सेवा प्रवाह सहज र प्रभावकारी हुने विश्वास लिएको छु ।



पाँचौ वीर गणेशमान सिंह १० किलोमिटर दौड (10 k road race) मा उपाधी उचाल्न सफल हुनुभएकोमा नेपाली सेनाका राजन रोकाया (पुरूषतर्फ) र नेपाल रन यूकेकी सन्तोषी श्रेष्ठ (महिलातर्फ लाई बधाई । प्रतिस्पर्धामा अन्य उपाधि विजेता र सहभागी सबैलाई हार्दिक बधाई ज्ञापन गर्दछु ।


हार्दिक बधाई ! एसईई परीक्षामा ग्रेड प्राप्त गर्नुभएका सम्पूर्ण भाइबहिनीहरुलाई हार्दिक बधाईसहित उज्ज्वल शैक्षिक भविष्यकाे लागि शुभकामना व्यक्त गर्दछु ।

योग गरौं, स्वस्थ रहौं विश्व योग दिवसको अवसरमा यहाँहरू सम्पूर्णमा शुभकामना व्यक्त गर्दछु ।

नेपाली कांग्रेसका नेता, पूर्वमन्त्री ढुण्डिराज शास्त्रीज्यूको निधनको खबरले स्तब्ध बनाएको छ ।नेपालको लोकतान्त्रिक आन्दोलनमा यहाँले पुर्याउनुभएको योगदान सदा स्मरणीय रहनेछ । भावपूर्ण श्रद्वाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।

Deeply saddened to learn of the crash of Air India Flight-171 today. Our thoughts are with the passengers & their families. Wishes for a swift recovery to all those injured. At this distressing hour, the govt & people of Nepal stand in solidarity with the Govt & people of India.
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूसहित आज त्रिवि क्रिकेट स्टेडियममा पुग्यौं । स्टेडियम निर्माणको काम धमाधम भइरहेको छ । हामी छिट्टै अन्तर्राष्ट्रियस्तरको सुन्दर क्रिकेट स्टेडियम निर्माण सम्पन्न गर्नेछौं ।



कैलाली जिल्लाको गोदावरी नगरपालिका- ३ चौकीडाँडामा एकिकृत फोहोरमैला व्यवस्थापन केन्द्र तथा दिशाजन्य पदार्थको प्रशोधन प्रणाली निर्माण कार्य समुद्घाटन भयो । यसले गोदावरी नगरपालिकालाई सफा र स्वच्छ राख्न मद्दत पुग्ने विश्वास लिएको छु ।




भोटो जात्रामा आज ! वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा आज प्रत्यक्ष अवलोकन गर्न पाउँदा खुशी लागेको छ ।



