Nepal Weather Forecast
@DHM_Weather
यो जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको आधिकारिक ट्विटर एकाउण्ट हो। मौसम सम्बन्धी नियमित जानकारीको लागि हामीसँगै जोडिनु होला।
हामीले दैनिक मौसम अपडेटमा प्रयोग हुने शब्दहरूको अर्थ थाहा छ? तलको फोटोमा हामीले मौसम पूर्वानुमानमा प्रयोग हुने शब्दावली राखेका छौं, हेरौँ है!

९ साउन २०८२ आज ताप्लेजुङ, विराटनगर, काठमाण्डौं, पोखरा, डडेलधुरा लगायतका शहरमा पानी पर्ने सम्भावना छ। सबैभन्दा बढी तापक्रम भैरहवामा (३९ डिग्रीसम्म) पुग्ने सम्भावना छ भने सबैभन्दा कम आज राति जोमसोममा (१४ डिग्रीसम्म) पुग्ने देखिन्छ। अन्य शहरको मौसम जानकारी तलको फोटोमा हेर्नुहोस्।

मौसम अपडेट : ९ साउन २०८२ आज दिउँसो र रातिको मौसम कस्तो हुन्छ ? हेर्नुहोस् तलको फोटोमाः @highlight @NDRRMA_Nepal @NEOCOfficial #WeatherUpdate

हाल कोशी, बागमती , गण्डकी , लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षा भैरहेको छ। पछिल्लो १ धण्टामा परेको पानीको विवरण अनुसार तनहुँको बिमलनगरमा ५१.२ मी.मी र तापलेजुङमा ४१.६ मी.मी वर्षा भएको छ। @NDRRMA_Nepal @NEOCOfficial

मेट्रो ट्राफिक एफ. एम. को तेह्रौ वार्षिकोत्सवको उपलक्ष्मा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङबाट सम्मान पत्र ग्रहण गर्नु हुदै जल तथा मौसम विज्ञान विभागका उपमहानिर्देशक सुमन कुमार रेग्मी। मौसम जानकारीमा योगदान दिए बापत विभागलाई सम्मान गरिएको हो।

मौसम अपडेट : ८ साउन २०८२ आज दिउँसो र रातिको मौसम कस्तो हुन्छ ? हेर्नुहोस् तलको फोटोमाः @NDRRMA_Nepal @NEOCOfficial #WeatherUpdate

७ साउन (दिउँसो ३:५०) गएको एक घण्टामा सबैभन्दा बढी पानी मकवानपुर गढीमा (२९.२ मिलिमिटर) परेको छ।काठमाण्डौं, सिन्धुपाल्चोक, लमजुङ, कास्की लगायत बागमती र गण्डकी प्रदेशका विभिन्न जिल्लामा पानी परिरहेको छ।कोशी,कर्णाली र सुदूरपश्चिम प्रदेशका पनि एक-दुई ठाउँमा पनि हल्का पानी परिरहेको छ।

७ साउन २०८२ गएको २४ घण्टामा सबैभन्दा बढी पानी सप्तरीको कल्याणपुरमा (१३७.४ मिलिमिटर) र खोटाङको ऐसेलुखर्कमा (१३० मिलिमिटर) परेको छ। कोशी,मधेश,बागमती,गण्डकी, सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा भएको छ । बाँकी सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भएको छ ।

मौसम अपडेट : ७ साउन २०८२ आज दिउँसो र रातिको मौसम कस्तो हुन्छ ? हेर्नुहोस् तलको फोटोमाः @NDRRMA_Nepal @NEOCOfficial #WeatherUpdate

६ साउन गएको एक घण्टामा पर्वतको पञ्चासेमा सबैभन्दा बढी(१४.४ मिलिमिटर)पानी परेको छ।सिन्धुली,काभ्रे,सिन्धुपाल्चोक,लमजुङ,कास्की लगायत कर्णाली प्रदेश बाहेक बाँकी प्रदेशका विभिन्न जिल्लामा अहिले पानी परिरहेको छ।कुन जिल्लामा कति पानी पर्यो भनेर नक्सामा भएको गोलो घेरामा हेर्न सकिन्छ

६ साउन आज ताप्लेजुङ, जिरी, जनकपुर, काठमाण्डौं, पोखरा, वीरेन्द्रनगर, दिपायल लगायतका शहरमा पानी पर्ने सम्भावना छ।आज भैरहवा र जनकपुरमा सबैभन्दा बढी तापक्रम(३७ डिग्रीसम्म)पुग्न सक्छ भने सबैभन्दा कम आज राति जोमसोममा (१४ डिग्रीसम्म) पुग्ने देखिन्छ। अन्य शहरको मौसम जानकारी तलको फोटोमा।

मौसम अपडेट : ६ साउन २०८२ आज दिउँसो र रातिको मौसम कस्तो हुन्छ ? हेर्नुहोस् तलको फोटोमाः @NDRRMA_Nepal @NEOCOfficial

मौसम अपडेट : ५ साउन २०८२ आज दिउँसो र रातिको मौसम कस्तो हुन्छ ? हेर्नुहोस् तलको फोटोमाः @NDRRMA_Nepal @NEOCOfficial #WeatherForecast #weatherupdates #monsoon #Rain

पछिल्लो ३ घण्टामा सबैभन्दा बढी पानी कन्चनपुरको हनुमाननगरमा (४८.८ मिलिमिटर) परेको छ। अहिले पनि कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू, कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका थोरै तथा गण्डकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम पानी परिरहेको छ ।

४ साउन २०८२ गएको २४ घण्टामा सबैभन्दा बढी पानी कास्कीको लुम्लेमा (२१५.८ मिलिमिटर) परेको छ। अहिले पनि मधेश बाहेक सबै प्रदेशका विभिन्न जिल्लामा पानी परिरहेको हुनाले आवश्यक सतर्कता अपनाउनु होला।

४ साउन २०८२ आगामी तीन दिन देशभरीका नदीनालामा बाढीको जोखिम कस्तो छ त ? @NDRRMA_Nepal
मौसम अपडेट : ४ साउन २०८२ भोलि दिउँसोसम्म मनसुन सक्रिय हुने देखिन्छ । आज दिउँसो र रातिको मौसम कस्तो हुन्छ ? हेर्नुहोस् तलको फोटोमाः @NDRRMA_Nepal @NEOCOfficial #WeatherUpdate #WeatherForecast #DHM #Weather #monsoon #rain #HeavyRainfall

२०८२ साउन ४ गते, बिहान ९ बजे पानी पार्ने मौसमी प्रणाली दक्षिण -पश्चिम दिशामा फैलिने क्रममा रहेकोले सो क्षेत्र आसपासको क्षेत्रमा सावधानी अपनाउनु होला। हालको भू -उपग्रहबाट प्राप्त तस्विर र पछिल्लो एक घण्टामा देशभर भएको वर्षा (मि.मि.) को विवरण तलको चित्रमा हेर्नुहोला ।


हाल धनकुटा ,इलाम, खोटाङ, कास्की, लमजुङ,पर्वत आसपासका जिल्लामा मौसमी प्रणाली विकसित भई मेघ गर्जन चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षा भैरहेको र उक्त प्रणाली दक्षिण पश्चिम दिशामा फैलिने क्रममा रहेकोले सो क्षेत्र आसपासको क्षेत्रमा सावधानी अपनाउनु होला।@NDRRMA_Nepal @NEOCOfficial

मौसम अपडेट : ३ साउन २०८२ आज दिउँसो र रातिको मौसम कस्तो हुन्छ ? हेर्नुहोस् तलको फोटोमाः @NDRRMA_Nepal @NEOCOfficial #WeatherUpdate
