Mike Budhathoki
@starlightNPJ
अक्सर धनीहरुले गरिबको कहानीमा फिल्म बनाउछन र हलमा गरिब लाइ नै बेचेर उनीहरु अझै धनि बन्छन अनि गरिब हरु पैसा तिरेर उक्त काहानी हेरेर धुरुधुरु रुन्छन।
चिकित्सा परीक्षण यसरि महगिदै छ अब हामि गरिबहरुले एउटा रुख मुनि पिसाब गरेर यी रोग हरु भए नभएको यसरि पत्ता लगाउने त् होला ! यदि कमिला जम्मा भएमा - मधुमेह यदि घाँस सुकेमा - उच्च नुन यदि चिजको गन्ध आएमा - उच्च कोलेस्ट्रोल यदि - पिसाब गरेर पाइण्ट माथि तान्न भुलेमा - अल्जाइमर
कर्मको फल सधैं ढिलो मिल्छ भन्ने भ्रममा नपर्नुहोस् — कहिलेकाहीँ यसरि तुरुन्तै पनि मिल्छ !!
यो लोडसेडिङको तालिका होइन, ०८४ सालको मतपत्र हो ।जसले बत्तिलाइ छुट्टी दिएर जनताको घर आगन अध्यारो बनायो त्यो पाटि र नेता लाइ ०८४ मा छुट्टि दिएर परिवर्तनको प्रकाश बालौ ! आजै बाट घांस होइन अन्न खान तिर लागौ !

हामी भन्छौं, “एक दिन सबै ठीक हुनेछ।” शायद त्यो दिन कहिले आउने छैन... तर त्यस दिनको कल्पनाले आजलाई बाँधेर राख्छ, सान्त्वना दिन्छ, अगाडि बढ्न हौसला दिन्छ। जीवन त उही हो—अव्यवस्थित संरचनामा आत्मालाई व्यवस्थित गर्दै बाँच्ने कला। #शुभ शनिबार !!
हामी बाँच्नको लागि कमाउँछौं, खर्च्न गर्नको लागि बाँच्छौं, र फेरि कमाउनको लागि शान्ति खर्च गर्छौं। यो कस्तो अचम्मको जालो छ जसलाई हामि सफलता भन्छौ ।
जुन चिज गुगल , च्याट जिपिटि मा भेटिदैन त्यो गाउका बुढापाका मा भेटिन्छ बहिनि। म लाइ पनि आनन्द आउछ बुढापाका का कुरा सुन्न।
छोरालाई लिएर गाउँतिर आको, गाउँका बुढापुरानाहरूको गफ सुनेर बस्याछ 😂
कर छुट अल्पकालीन लाभको साधन हुन सक्छ — तर यदि यसले दीर्घकालीन राजस्व व्यवस्था, नीति विश्वास, र न्यायिक स्वतन्त्रता कमजोर बनाउँछ भने त्यसको मूल्य देशले धेरै पछिसम्म चुकाउन सक्छ। समृद्धि सुसाशनबाट आउँछ — छुटबाट होइन।
आर्थिक विधेयकमा छुट दिएपछि बोटलर्स तराईले बुझायो ७८ करोडमात्र कर, १ अर्ब ७२ करोड 'मिन्हा'! @gbudhathoki taksarnews.com/2025/07/57758/
नेपालले २०८१/८२ मा सबैभन्दा धेरै १ खर्ब ६ अर्ब को भटमासको तेल निर्यात गरेको छ भने १ खर्ब ८ अर्ब ९५ करोड रुपैयाँ बराबरको भटमासको कच्चा तेल आयात गरेको छ। व्यापार वृद्धिका लागि लाभदायक देखिए पनि दीर्घकालीन दृष्टिकोणले स्वदेशी उत्पादनमा लगानी र आत्मनिर्भरता आवश्यक छ।
जुन व्यक्तिको घुस को टेप रेकड जनताको कान कानमा गुञ्जिरहेको छ त्यहि व्यक्ति मन्त्रिको रुपमा मन्त्रालयको झण्डावाला गाडिमा सुरक्षाबल सहित सान संग सडकमा हुइकिदैछ भने त्यो देश नेपाल हो । लाग्छ प्रमाण लाज होइन, पदको सौन्दर्य हो ओली सरकारको।
जिन्दगीको तीन वटा चरण- १) - समय हुन्छ, पैसा हुदैन । २) - पैसा हुन्छ, समय हुदैन । ३)- पैसा र समय हुन्छ तर यसलाइ उपभोग गर्ने स्वास्थ हुदैन। वास्तवमा जिन्दगीको सबैभन्दा ठूलो सम्पत्ति “सन्तुलन” रैछ ।
नेपालको डिग्री र बाख्राको पुछर एउटै हो यसले न झिंगा धपाउन सक्छ न लाज छोप्न सक्छ। मासु पसलमा पुछर किन्नेले डिग्रि किन्न पनि सक्छ।
किन्ने कोहि हुनुहुन्छ ?