Nilamber Acharya
@nilacharya
Former Minister, former ambassador, former Chair of constitution drafting committee of the Constitutional Assembly. Political thinker. Author. Senior Advocate.
रिस उठ्नुपर्ने हो तर उठ्दैन - कसैले टाउको बटारेर कुरा गरेको देख्दा कसैले नाम र परिचय ढाँटेर सञ्जाल चलाएको देख्दा। किन उठ्दैन थाहा छैन। शुभ होस्
Pattern प्यटर्न - अंग्रेजी शब्द। नेपाली खोज्छु - नमूना, ढाँचा, प्रतिरूप भनेको फेलापार्छु। चित्त बुझ्दैन। आजको राजनीति हेर्छु। विश्वेश्वर र मातृकाको विवादले पुऱ्याएको हानिको सम्झना हुन्छ। प्यटर्न उही हो। हुर्कन जान्दैनौँ कि के हो हामीहरू भन्ने लाग्छ। चित्त बुझ्दैन। शुभ होस्
राजनीतिक दलका मानिसलाई राष्ट्रपति पदको उम्मेदवार बनाउन बन्द गरे कसो होला? ९-१० वर्षको कूलिङ अफ अवधि (अन्तराल) पछि मात्र उम्मेदवार राख्न हुने सहमति गरे हुन्छ होला। कोही सहमत हुनेवाला छैनन्, औँला चल्यो लेखिहालेँ। शुभ होस्
म आफैलाई भन्छु: कसैसित कुराकानी गर्दा अनुहारमा हेर्ने गर्नू। किन भन्छु थाहा छैन शुभ होस्
केही मानिस कस्तो रिसाउँछन् कहिलेकाहीँ त रिसाएको हेर्न पनि रमाइलो हुन्छ। शुभ होस्
नलेखौँ भन्यो औँलाका टुप्पा चलबल गर्न थाल्छन् विरोधमा उत्रलान् जस्तो गर्छन्। सदनदेखि सञ्जालसम्म जताततै विरोधैविरोध छ लाग्छ, विरोध नै काम हो। यथार्थलाई यथार्थ मान्नै पऱ्यो। अनि मेरो औँला कीबोर्डमा चल्छन्। मेरो काम भने पर्खिरहेको हुन्छ। म अब त नलेखौँ सोच्दै हुन्छु। शुभ रात्रि!
अहिले तीनोटै - पहिलो, दोस्रो, र तेस्रो - पार्टीहरूभित्र खलबल छ। तेर्छो द्वन्द्वको अनुमान गरिएको थियो। ठाडो द्वन्द्वले उछिनिदिएको छ। उस्तै उस्तैबीचको द्वन्द्वको परिणाम पनि उस्तै हुने हो। अनुमान त न-उस्तैको थियो, नयाँको थियो। शुभ होस्।
राष्ट्रपति पदलाई अन्य कुनै पनि पदसित दाँज्न मिल्दैन राष्ट्रपति पद सर्वोच्च हो अरू सबै पद त्यसमुनिका हुन्। शुभ होस्
म आफैलाई भन्छु केही खानुपिउनुअघि प्रेममय आँखाले हेर्नू आँखाले स्वाद लिनू, मनले स्वाद लिनू। किन भन्छु थाहा छैन शुभ होस्
विकासको सुस्त गतिका कारण समाजमा असमानता र असन्तुष्टि छ। केही विकासले गर्दा समाजको बनोटमा परिवर्तन आएको छ, मध्यम वर्ग बढिरहेछ। उसका आफ्नै अपेक्षा र महत्वाकांक्षा छन्। प्रत्येक वर्ष सामान्य बेरोजगार र शिक्षित बेरोजगारको संख्या बढ्दै छ। तर अवसरहरू कम छन्।यो स्थितिको संवोधन जरूरी छ।
जहाँ राज्यका संस्धाहरू बलिया हुँदैनन् त्यहाँ विकासको गति पनि बलियो हुँदैन। जहाँ विकासको गति बलियो हुँदैन त्यहाँ प्रजातन्त्र पनि बलियो बन्दैन। शुभ होस्
यो जीवन रहस्यमय छ। तर योबाहेक अर्को जीवन छैन। हरेकले बाँच्ने एउटै जीवन हो। कसैले पनि एउटाभन्दा बढी पाउँदैन। सबैले समान रुपले एउटा पाउँछन् बिनाभेदभाव। जीवनको रहस्य कोट्याउन नलाग, जिउन लाग। एउटा जीवन हो पूर्ण रूपले जिउनुपर्छ। जिउनमै त छ जीवनको मजा। तर जान्नुपर्छ जिउन पनि। शुभ होस्
म आफैलाई भन्छु काममा बस्नुअघि आजको मिति र बार याद गर, आफू सफा होऊ, काम गर्ने ठाउँ सफा गर। किन भन्छु थाहा छैन। शुभ होस्
म आफैलाई भन्छु : राति सुत्नुअघि र बिहान ब्युँझेपछि ओछ्यानमा मोबाइल नचलाऊ। अन्य समयमा मितव्ययितापूर्वक उपयोग गर। किन भन्छु थाहा छैन। शुभ होस्।
"मेरो मनमा मार्क्सवादको त प्रभाव रह्यो तर कम्युनिस्ट पार्टीले प्रभावित गर्न छाड्यो।" - आत्मकथा, पाना २१ विश्वेश्वरप्रसाद कोइराला २४ भदौ १९७१ - ६ साउन २०३९ नेपालमा उदार प्रजातन्त्रको र प्रजातान्त्रिक समाजवादको संस्थागत जगका निर्माता श्रद्धापूर्ण सम्झना र नमन
म आफैलाई भन्छु बिहान उठेर सबैलाई नमस्कार नगर उठेकालाई मात्र गर। तर नब्युँझिएको भए पनि पूर्व दिशालाई भने गर! किन भन्छु थाहा छैन। शुभ होस्।
प्रयास अजस्र प्रयास प्रयासको निरन्तरता। असहजताबाट सहजतातिर प्रयास प्रयासमै आनन्दको अनुभूति। प्रयास छ र त आनन्द छ प्रयास छ र त सफलता छ। शुभ होस्
गर्मी छ। आलस्य र मेराबीच द्वन्द्व चलिरहेछ। तर म हार्नेवाला छैन। मलाई पछि हट्नु स्वीकार्य छैन। उपलब्धि के भयो भन्ने होला। आलस्यको घेराबन्दी विफल पार्नु, यो यस्तो उपलब्धि हो जसबिना अन्य उपलब्धि सम्भव नै हुँदैनन्। शुभ होस्।
कांग्रेस र एमाले एकसाथ मिलेर प्रभावकारी काम गरे मात्रै हाललाई प्रजातन्त्रको कल्याण छ। अर्को समयमा अरू प्रजातान्त्रिक शक्तिहरु उदाउन र निर्णायक बन्न सक्लान्। अहिलेलाई भने यिनको मेलमिलाप भत्काउने होइन प्रभावकारी बनाउने हो। शुभ होस्