narayan wagle
@narayanwagle
writer/‘nature worker’
‘स्पेसाल्टी कफी’ चाख्न फेरि जाँदा, सूर्य दुरा आफ्नै कफीघरमा स्याहारेको झक्कीको बेर्ना बोकेर मलाई कोसेली दिँदै भने, ‘तपाईंले त कुनै दिन क्याफे खोल्नुहोला जस्तो लाग्यो। यो लगेर हुर्काउनुहोस्, अरू पनि बढाउनुहोस्, अनि भोलि गएर हामीलाई नै बेच्नुहोस्!

पानी परेकै छैन, मूल फुटेकै छैन, खेतका आली कोतर्दैमा रोपाईॅ हुने छैन। पहाडलाई पनि सुक्खाग्रस्त घोषणा गर्नुपर्ने त होइन? #TanahunFarm’025

Warm congratulations to author @narayanwagle & publisher @nepalayabooks on the 20th anniversary of the publication of Palpasa Cafe, one of the finest Nepali novels I have ever read. A classic now!
पल्पसा क्याफे @२० वर्ष – हर्ष नै हर्ष! सन् २००५ सालमा हामीले प्रकाशित गरेको पहिलो पुस्तकको रूपमा, ‘पल्पसा क्याफे’ किताब यात्राको सुरुवात थियो। एउटा पुस्तकले सुरु गरेको यात्रा, जुन आज विचार र भावना फैलाउने यात्रामा रूपान्तरित भएको छ। @narayanwagle
पल्पसा क्याफे @२० वर्ष – हर्ष नै हर्ष! सन् २००५ सालमा हामीले प्रकाशित गरेको पहिलो पुस्तकको रूपमा, ‘पल्पसा क्याफे’ किताब यात्राको सुरुवात थियो। एउटा पुस्तकले सुरु गरेको यात्रा, जुन आज विचार र भावना फैलाउने यात्रामा रूपान्तरित भएको छ। @narayanwagle
पद छोड्न नचाहने नेताहरू जति समस्या हुन्, छोडाउन नचाहने उपनेताहरू उत्तिकै!
पूर्व राष्ट्रपति किन पार्टीमा फर्किन मिल्दैन भन्ने तर्क बुझियो। पार्टी अध्यक्ष दुईपल्ट भन्दा बढी उठ्न नपाउने भन्ने प्रावधान हटाउने तर्क बुझिएन। तर्कशास्त्र के भन्छ?
हाम्रो पहिलो पुस्तक, यहाँहरूको प्रिय पुस्तक `पल्पसा क्याफे´को उमेर भयो २० वर्ष, हर्ष नै हर्ष । @narayanwagle
चिन्यौ त भनेर उनले हालै एउटा तस्वीर पठाएकी थिइन्, जसमा एक भारतीय लेखक साथीले मेराबारे उल्लेख गर्नासाथ मलाई सूचित गरिन् र लेखनबारे कोट्याइन्। सराहना गर्ने, सोध्ने, सम्झाउने, कतै पुराना साथी भेटे खोजखबर गरिरहने उज्यालो अनुहार र आभाकी साथी ईला शर्माको अल्पायूको खबर साह्रै खट्कियो।

Are you a farmer, researcher, or policy maker? Curious about what’s happening in the Himalayas—and how we can help heal them? Join us in Nepal for a biodynamic course and conference, and connect with fellow participants from across Asia! sektion-landwirtschaft.org/en/upcoming-ev…
त्रिशूलीको भेलबाट जोगिन रूखमा चढेका एक दम्पतीको भिडियो हेर्ने जो-कोहीले बोटविरुवाको महत्व अवश्य बुझ्छ!
मनमा गडेको प्रश्न; हाम्रा युवालाई खेतबारीतर्फ कसरी फर्काउन सकिएला?
यो हस्ताझर अभियान केका लागि हो? अनि, यी कलाकारहरूले के अभिनय गरेका हुन्?
यो याममा मकै उसिन्दा जॅुगा पनि मिसाउनु।त्यसको झोल कस्तो यम्मी। चाख्नुहोस् जॅुगा चिया!

यही फलबाट त हाम्रो टोलको नाउॅ बनेको। धेरै गुलियो नभैकन पनि मीठो! #TanahunFarm’025

दाना साना, बोट भने बडेमान; हेलॉ हुँदै गएका यी लोकल आँप आजकलका विकासे जस्ता गुलिया र ठूला कहॉ हुन्छन् र? अमिलो-मीठो क्या। वनबाट ल्याएको कोशेली हामीले असार १५ साइत पारेर बारीमा गाड्यौँ। अब ढुक्कैले आठ-दश वर्ष पर्खे भो! #TanahunFarm’025
