केदार शर्मा
@kedar_sharmaa
खानपिनका कुरा
"खासमा ओलीमा चातुर्य धेरै र विवेक कम छ। चतुर मानिसलाई के बोल्ने भन्ने थाहा हुन्छ, के नबोल्ने भन्ने थाहा हुँदैन। के गर्ने भन्ने थाहा हुन्छ, के नगर्ने भन्ने थाहा हुँदैन। चातुर्य र विवेकबीचको भेद त्यही हो।" एकदमै पठनीय लेख देउवाले ओलीलाई नभनेको कुरा! setopati.com/opinion/364558
धान चामलको उत्पादन र आयातका कुरा बुझ्ने हो भने यो पढे राम्रो। (वा, एक पटक पढेजसो गरेर गाली गरे पनि हुन्छ।) चामलको आयात बढ्नुमा पनि लोकतन्त्रलाई दोष? setopati.com/opinion/362088
किन, कसका लागि र कसले बसिदिनु पर्ने हो गाउँमा? (गाउँ रित्तिए भन्ने समाचार शीर्षक पढ्ने बित्तिकै झनक्क हुने, केही भेटिन्छ कि भनेर पूरा पढ्ने अनि भावनाको खेती र अति सामान्यीकरण बाहेक केही नभेट्ने म मात्र हुँ?) @basantabasnet . रित्तिंदै गाउँ – Online Khabar share.google/xMRG7cIDbd3Y54…
बोधार्थः "प्रत्यक्ष निर्वाचित कार्यकारी" को रहर गर्नेहरू

गजब गर्नुभयो @JanardanBaral ! खुलेआम घुस उठाउने कम्पनी रजिष्ट्रार गिरीद्वारा अनलाइनखबरकर्मीलाई नै घुस दिने प्रयास onlinekhabar.com/2025/07/172820…
पार्टीको नामः कति सिद्धान्त, कति ढोंग . प्रायः पार्टीहरूको नाममा जे छ त्यो कुरा व्यवहारमा छैन। सबैको नाम लिएर किन छुच्चो हुनु, पार्टीमा प्रजातन्त्र भएको भए पूर्व पञ्चहरूको पार्टीको नाममा 'प्रजातन्त्र' चाहिन्थ्यो र? . राप्रपामा अर्को किचलो onlinekhabar.com/2025/07/172807…
अनि नि चिडियाविद् ज्यू हरू, ‘साइबेरियाली राजपुत्रिका’को भालेलाई के भन्ने नि? "साइबेरियाली कुमार"? राजपुत्रीहरूका श्रीमान्हरूलाई 'कुमार' भन्ने चलन जो थियो। कि ‘साइबेरियाली शाही नातेदार’? #हँसाउँछन्_सित्तैमा! भक्तपुरमा भेटियो ‘साइबेरियाली राजपुत्रिका’ onlinekhabar.com/2025/07/172768…
नाटक र उखान . हालै काठमाडौँमा प्रदर्शित नाटक "तँ कुटेजस्तो गर्, म रोएजस्तो गर्छु" अब सकिएको हो? यसको दोस्रो भाग "तेल पानी एकै पिना बाहिर" पनि प्रदर्शन होला, कि 'त्यो पर्दैन' होला? . विद्रोह शमन र शक्ति सन्तुलनका लागि नाटक #च्यासलथिएटर
अमरेश सिंह अर्का ओजराज लोहनी हुन्। कडा कडा राजनीतिक भविष्यवाणी गर्छन्, मिल्दैन र पनि लज्जाबोध गर्दैनन्। फेरि किन हो, पत्रकारहरू तिनकैमा पुग्छन्। यिनले गत फागुनदेखि आन्दोलन हुन्छ र बर्खा नलाग्दै यो संविधान फेरिन्छ भनेका थिए। onlinekhabar.com
"एज अ पोलिटकल एनालिस्ट... " . डा. अमरेश बेला बेला राजनीतिक भविष्यवाणी गर्दै गर्छन्। केही अघि यिनले @DahalTbd सँग भनेका थिए, (तल स्क्रीन शटमा ) ( भिडियो हेर्नुहोस् - ४५ः४५ देखि तपाईलाई अल्छी नलागुन्जेलसम्म ) . लिनेहरूले लिइरहेसम्म दिनेहरू दिइरहन्छन्। . youtu.be/XEyBBw2opKQ?si…
मलाई भनिने कुरा: "आलोच्य विषय हिन्दूधर्ममा मात्र छन्? आँट भए अरू धर्मका बारेमा लेख्नु नि!" मेरो जवाफ: म आफ्नै लुगा धुन्छु, अर्काका लुगा खसखस लाग्नेले धुनू! अलि नरम शब्दमा: मलाई बिझाएको विषयमा म लेख्छु, तपाईँलाई बिझाएको विषयमा तपाईं लेख्नुस्। र, मलाई पराईको ओछ्यान बिझाउँदैन।
यो त्यस समयको इतिहास हो, जुनबेला 'दिव्योपदेश' ताजै थियो . #पृथ्वीपथ मा हिँडेको पहिलो / दोस्रो पुस्ताको कथा राजकुमार बहादुर शाहको स्वास्थ्य र पादरी एन्जेलो – Online Khabar share.google/QLvAlZON3k1Qrs…
आयुर्वेदको सन्धान कल्पनामा आधारित स्वाध्यायबाट तयार पारिएको, गृहनिर्मित हानिरहित आसवारिष्टको प्रतीकात्मक चित्र (यो औषधि होइन।)

इलाम एउटा गन्तव्य मात्र होइन, अनुभव हो। इलामका डाँडाकाँडमा साइकल दौडाउँदै बनाइएको एउटा साढे चार मिनेटको भिडियो, जसले तपाईँलाई यता आउन प्रेरित गर्छ। (र, यो भिडियोमा हाम्रो घर आँगन पनि छ।) youtube.com/watch?v=8Ydne7…
मौका नछाड्नुस् है! . आफूलाई पुग्ने आलु पनि फलाउन नसक्ने अल्छी किसानलाई धिक्कार्ने काम गरिसक्नुभयो कि बाँकी नै छ? कि आजको गाली देशलाई आलुमा समेत आत्मनिर्भर बनाउन नसक्ने गणतन्त्रतिर गयो? आलु आयातमा बाहिरियो ६ अर्ब ६६ करोड, भारतको हिस्सा धेरै onlinekhabar.com/2025/06/171257…
सोच्छु र छक्क पर्छु / छक्क पर्छु र सोच्छु, गणतन्त्रलाई बढी 'अप्ठ्यारो' केपी ओलीको अहङ्कार, व्यवहार र छविका कारण पर्ला कि विद्या भण्डारीको राजनीति प्रवेशको महत्वाकाङ्क्षाका कारण? . (नोटः यसमा मेरो पक्षधरता छैन। समाचार:हे. स्क्रीनशट) देखेर मात्र मनमा प्रश्न आएको हो।)


"एज अ पोलिटकल एनालिस्ट... " . डा. अमरेश बेला बेला राजनीतिक भविष्यवाणी गर्दै गर्छन्। केही अघि यिनले @DahalTbd सँग भनेका थिए, (तल स्क्रीन शटमा ) ( भिडियो हेर्नुहोस् - ४५ः४५ देखि तपाईलाई अल्छी नलागुन्जेलसम्म ) . लिनेहरूले लिइरहेसम्म दिनेहरू दिइरहन्छन्। . youtu.be/XEyBBw2opKQ?si…

यो मागमा पूर्ण सहमति जनाउने म अर्को सम्पादक इलामबाट । ३५ जना सम्पादकको माग- पत्रकार दिलभूषण पाठक विरूद्धको पक्राउ पुर्जी खारेज गरियोस् setopati.com/social/361605
अतीतरञ्जित, अर्थात् नोस्टाल्जिक . केही कुरा खाएपछि संसारलाई धाक दिन मन लाग्छ!
