Suchana Ghimire
@artless77
#ॐ https://m.youtube.com/channel/UCJ8dis27fleSfTSetCBq6vQ
चिप्ला कुरा गरेर लडाउने अनि हात दिएर उठाए झैँ गर्नेको साथ त के सहानुभूतिका दुई शब्दको पनि कहिल्यै अावश्यकता नपरोस जिवनमा!! :)
जिन्दगीका पाठहरु: १. जति सजिलो भइदियो उति सजिलो खोज्छन् मान्छे... जति दियो उति नै बढि खोज्न थाल्छन् त्यसैले सन्तुलित भएर बस्न सिक्नुपर्छ । २. असलको संगत गरे असल नै भइन्छ, गलतको संगत गरे अनावश्यक दुख पाइन्छ ।
अहिले social media मा viral भइरहेको #ColdplayConcert को स्पटलाइट भिडियोले के सिकाउछ भने; "Code of Ethics" देखाउने दाँत होइन, यो त व्यवहारमा उतार्ने कुरा हो ।
बाटोको बिच बिच तिर एउटा लेन नै ओगट्ने गरि नेपालीहरुलाई मर्निङ वाक गर्न कसले सिकाएछ ! 😏
जस्तो हैसियत उस्तै संगत, जस्तो संगत उस्तै हैसियत ! अनि हैसियत र संगत अनुसारको काम र नतिजा ! 😎
हरेक व्यक्ति आफ्नो ठाउँमा सहि छ, सहि र गलत छुट्टाइने सिस्टम नै गलत छ 😜
सहमती नगदमा, कार्यान्वयन उधारोमा त होला !! सन्दर्भ शिक्षक आन्दोलन
खराब चरित्र नराम्रो गन्ध जस्तो हो रे, जति नै टाढा भएपनि कसरी कसरी नाकसम्म पुगिहाल्छ ।
खुसिमा पनि खुसि भेटाउदैनन् तिनले जसले अरुलाई मूर्ख बनाएर, अरुलाई ठगेर, अरुलाई झुक्याएर, अरुको भाग खोसेर, आफ्नो काम अरुलाई गर्न लगाएर खुसि हुन खोजिरहेका हुन्छन् !
पीडा के हो, आमा नहुनेलाई सोध.. ममता के हो आमा बनिसकेकाहरुलाई सोध । पीडा के हो आमा भनेर बोलाउदा जवाफ नआएका पलपललाई सोध.. ममता के हो आमाले थपथपाएका ती कलिला मनमनलाई सोध । #missyoumummy 💛
आजदेखि त्रिविले अनलाइनबाट ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट प्रदान गर्ने... student.tuexam.edu.np/login?callback… 👏👏👏

हिजो अस्ति त "राजा आउ, देश बचाउ" भनेको सुन्थे आज त "युवाहरु सडकमा आउ , बंगलादेश बनाउ" भनेको सुन्छु त ! 🤔 #againstviolence
यिनलाई के थाहा कुन तन्त्रका समर्थक, कुन वादी.... हानेपछि चोट दिन्छन्, चोट उस्तै पीडा उस्तै.... नेताका त कुरै नगरुम्... ढुंगा उस्तै, जनता उस्तै !!

आन्दोलनका नाममा कोही अनाथ नहुन, कोही असहाय र अशक्त नहुन्....बाकीँ जो-जो आए नि गए नि कुरा उहीँ हो !
शिर्षकमा "सफलता" छैन भने कसैका "संघर्ष" हरु कसैले पढ्दैनन्..."सत्य" यहि हो ! 😉
ओलीबा भन्नुहुन्छ, ‘देशलाई संविधान अनुसार लैजानुपर्छ भन्नुको सट्टा मलाई साथ देउ रे के मागेको हो। चुनावमा भोट मागेको कि ? म आउँछु रे कहाँ आउने ? राजनितिमा आउनुस् म स्वागत गर्छु’ 😆