Anita Lama
@anita_anurag
मेरो देश मेरो सर्वश्व !🇳🇵
हामीले स्थानीय स्थानहरूमा राखेको सूचना पाटी आफ्नै धुनमा हेर्दै स्कूले नानीहरू । सूचना पाटीले स्थानीय भूगोल, स्थान सहित एकैपटक धेरै विषयहरूमा सत्यतथ्य मार्गनिर्देश गर्नसक्ने हुनुपर्दछ । हेरौं हाम्रो सूचना पाटी--



हाम्रो बुढानीलकण्ठ नगरपालिकाले गृह श्रमिक महिला लक्षित सञ्चालन गरेको मकैको खोस्टाको फूल बनाउने तालिमबाट उत्पादित सुन्दर फूलहरूका साथमा सुन्दर दिदीबहिनीहरू ❤️❤️

अन्तर्राष्ट्रिय बाल अस्पताल (KIOCH) को तर्फबाट अध्यक्ष डा. भगवान कोइरालाज्यूले हाम्रो बुढानीलकण्ठ नगर अस्पताललाई अत्यावश्यक धेरै मात्रामा ओैषधीहरू सहयोग स्वरूप हस्तान्तरण गर्नुभयो । धन्यवाद डाक्साब तथा KIOCH परिवार 🙏

प्रथम बुढानीलकण्ठ भिडियो च्यालेन्ज प्रतियोगितामा ३ जना युवाहरू सन्तोष पाण्डे, विजया पोखरेल र गौरव पौडेल क्रमश: प्रथम,द्वितीय र तृतिय भई ७५ हजार,३० हजार र १५हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको छ भने सहभागी सबैलाई जनही ५ हजार नगद सहित प्रमाणपत्रद्वारा प्रेरणा प्रदान गरिएको छ ।

बुढानीलकण्ठ नगरपालिकाको आ.व. २०८२/८३ को लागि नगरसभाको १६ ओैं अधिवेशनको चौथो बैठकले ३ अर्ब ४५ करोडको बजेट पारित गरेको छ । साथमा विनियोजन विधेयक, आर्थिक विधेयक सबै विषयगत समितिहरूको प्रतिवेदन पनि पारित गरेको छ । अब न्यायोचित कार्यान्वयनमा जोड हुनेछ । जय बुढानीलकण्ठ 🙏


सिसाको पुरानो फ्रिजमा 'किताब घर' । तपाईं हामीलाई यस्तो प्रयोगमा नआउने सिसाको ढोका भएको फ्रिज र पुस्तकहरू दिएर योगदान गर्न सक्नुहुनेछ । जय बुढानीलकण्ठ 🙏🙏




आफ्नै पालिकाभित्रको वडा नं. १ को विकास निर्माण तथा पर्यटकीय स्थल हेर्दै पदयात्रा गरियो ।


नगरसभाको १६ ओैं अधिवेशन जेठ २६ गतेदेखि सुरूवात गरिसक्यौं । अधिवेशनको पहिलो बैठकमा बुढानीलकण्ठ नगरपालिकाको आ.व. २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्यौं र दोस्रो बैठक असार १ गतेलाई आव्हान गर्यौं ।



Budhanilkantha National Junior Chess championship start. 🙏🙏 Thank you our chief guest Hon. Yogesh Bhattarai. @yogesbhattarai




विश्व वातावरण दिवसको अवसरमा बुढानीलकण्ठ नगरपालिकाले संघसंस्थाको सहकार्यमा वातावरण संरक्षणमा फोहोरमैलाको सृजनात्मक उपयोगबाट प्रविधिमैत्री भएर रोजगारी गर्न सकिने विषयमा युवाहरूबाट माग गरिएको प्रोजेक्टहरूको प्रेजेन्टसन गरि उत्कृष्ट ३ वटा समूहलाई पुरस्कृत गरियो । अब कार्यान्वयनमा...




बुढानीलकण्ठ असल कृषक पुरस्कारका लागि प्रतिस्पर्धी कृषि फार्मको उत्पादनहरू - नियमित अनुगमनमा छौं । जय कृषि ! जय बुढानीलकण्ठ 🙏🙏




चुहिएका, पुरानो भएका घरको बाटा, बाल्टिन यसरी कौसी खेतिमा प्रयोग गर्न सकिन्छ ।


आयोजना अनुगमनका क्रममा ओैधी खुशी लाग्ने क्षण स्थानीय दाजुभाइ,दिदीबहिनी घरबाट निस्केरै कुरा गर्न आउनुहुन्छ,विकासनिर्माणका विषयमा जिज्ञासु बन्नुहुन्छ र कति मिठो 'धन्यवाद' भन्नुहुन्छ । आजकल साह्रो कन्जुसमा परेको छ धन्यवाद । प्रशंसा होइन, काम गर्ने जो कोहीलाई प्रेरणा दिउँ के ।


स्वास्थ्य सेवा निकै महङ्गो छ,ह्याम्स अस्पताल त्यसबाट पर छैन ।तर उसले निरन्तर सञ्चालन गर्ने स्वास्थ्य संवाद निकै लोभलाग्दो छ ।यस्तो संवादमा विभिन्न क्षेत्रका नागरिकहरूको उपस्थितिमा तीनै तहका सरकार र सामान्य नागरिकको समेत प्रतिनिधिमूलक डायलग गराउन सक्दा थप प्रभावकारी हुन्थ्यो ।

मित्रराष्ट्र भारतमा DODGE BALL International game खेल्न जाने टोलीलाई बिदाई !


