Dr Shekhar Koirala
@Shekharnc
Central Committee Member of Nepali Congress Party, Member of Parliament,Nepal, Former Vice-Chancellor Of BPKIHS.
नेपाली कांग्रेस महासमिति बैठकमा कांग्रेस सुदृढीकरणका लागि के-कस्ता विषयको उठान गर्नु आवश्यक छ, आफ्नो विचार राखिदिनुहोला । धन्यवाद, जय नेपाल । forms.gle/uxmaRnQp8gLksL…

पोखरा जग्गा घुस प्रकरणमा जोडिएका एमालेका दुई मध्ये एक मन्त्री (भूमीसुधार) अझै राजिनामा नदिई पदमै भईरहैको स्थितिमा भूमी विधेयक फास्ट्रयाकबाट पास गरौं भन्ने एमालेको प्रस्तावले प्रसस्त शंका उव्जाएको छ । यो अवस्थालाई दुई छुट्टाछुट्टै नै मान्न सकिन्न । नेपाली कांग्रेसले सरकारबाट…
नेकपा एमालेका सांसदहरुले राष्ट्र्यिसभामा संघीय निजामती विधेयकमा हालेको संशोधन आपत्तिजनक छ । गठबन्धनका दलवीच भएको सहमति र समितिमा भएको सर्वसम्मती विपरित यसरी आफ्ना सांसदहरुलाई संशोधन हाल्न लगाउनु एमालेको दोहोरो चरित्र मात्र नभई उसले देश, जनता, लोकतन्त्र र गठवन्धनलाई दिएको धोका हो…
यस्तै रहेछ यहाँको चलनः मन्त्रीक्वाटरमा विहानै आएर विचौलियाले घुसको व्रिफकेस छाड्छन्, आफ्नो विरुद्धमा प्रमाण जुटेपछि बर्खास्त हुनुपर्नेमा प्रधानमन्त्रीसँग मिठा कुरा गरेर मन्त्री मन्त्रीपरिषद बैठकमा भाग लिन्छन् । सदनमा विपक्षी कर्मकाण्डी राजिनामा माग्छन् तथा गठवन्धनका सहयात्री…
पूर्व निर्वाचन आयुक्त ईला शर्माको असामयिक निधनले दुःखी बनाएको छ । शोकाकुल यस समयमा स्व. ईला शर्माप्रति श्रद्धाञ्जली र परिवारमा समवेदना ।

नेपाली कांग्रेस धादिङका पूर्व जिल्ला सभापति तथा प्रजातान्त्रिक आन्दोलनका अगुवा भरतप्रसाद उप्रेतीको निधनले दुःखी बनाएको छ । उप्रेतीले नेपाली राजनीतिमा पुर्याउनु भएको योगदान सधै अविस्मरणीय रहिरहनेछ । उहाँको निधनले नेपाली कांग्रेसले सच्चा र आदर्शवान नेता गुमाएको छ । शोकाकुल यस समयमा…

रसुवागढीमा आएको बाढीका कारण उक्त नाकाबाट नेपाल चीन आवत जावत बन्द भएको छ । जसले गर्दा व्यवसाय र कामको लागि केरुङ गएका धेरै नेपालीहरु त्यहीं अलपत्र परेका छन् । उनीहरुलाई खाद्यान्न, बास र औषधीको समेत अभाव हुन थालेको छ । चीन सरकारसँग समन्वय गरी ती नेपालीहरुलाई तुरुन्त बैकल्पिक…
नेपाली कांग्रेसका पुराना नेता, पूर्वमन्त्री एवं २०१५ सालको प्रथम आमनिर्वाचनमा पाल्पाबाट निर्वाचित सांसद अच्युतराज रेग्मीको अष्ट्रेलियामा भएको निधनले दुःखी बनाएको छ । रेग्मीले नेपाली राजनीतिमा पुर्याउनु भएको योगदान सधै अविस्मरणीय रहिरहनेछ । शोकाकुल यस समयमा स्व. अच्युतराज…

मलेसियामा सम्पन्न "एसीसी यू–१६ इस्टजोन कप क्रिकेट" को उपाधी जित्न सफल नेपाली राष्ट्रिय टिमलाई हार्दिक बधाई र शुभकामना ।

सर्वसम्मतिबाट संसदमा पेस भएको निजामति सेवा विधेयक अनधिकृत रुपमा परिवर्तन गरिनु, गराईनु कुनै सामान्य घटना नभई, देश र जनता प्रति गरिएको घोर अपराध र सार्वभौम संसदप्रति गरिएको अपमान हो । यस प्रकारणमा जोडिएकालाई तुरुन्त हदै सम्मको कारवाही अगाडि बढाई, परिवर्तन गरिएको व्यवस्थालाई आजै…
एसइईको परिक्षामा उत्तिर्ण हुने सबै विद्यार्थी र अभिभावकहरुमा बधाई । आगामी दिनको अझ राम्रो नतिजाको लागि समेत शुभकामना व्यक्त गर्दछु । नन् ग्रेडेड विद्यार्थीहरुलाई विचलित नभई मौका परीक्षाको तयारीमा जुट्न आग्रह गर्दछु । र विषम परिस्थितिमा पनि समयमै परीक्षाफल प्रकाशित गर्न सफल भएकोमा…
उखु किसानलाई दुई दशक अघि देखि दिईंदै आएको उत्पादनमा आधारित अनुदान विनाकारण रोकिनु आपत्तिजनक छ । चिनी उद्योगलाई आत्मनिर्भर वनाउनुपर्नेमा यस्तो निर्णयले उखु किसान विस्तापित हुने पक्का छ । कतै सरकारको यो निर्णय चिनी विचौलियाको प्रभावमा परेर भएको त हैन ?
सञ्चारकर्मी र वाक स्वतन्त्रतामाथी राज्यको प्रहार सैह्य छैन । अझ सरकार कुशासनको दुश्चक्रमा फसेको आरोप लागिरहँदा संचार माध्यम र सञ्चारकर्मीप्रति अनुदार हुनु निरंकुशता बाहेक अरु केही हुनै सक्दैन ।
इस्लाम धर्मावलम्बीहरुको पर्व "बकर ईद (ईद-उल-अज्हा)" को अवसरमा सबैलाई शुभकामना ।
१८ औं गणतन्त्र दिवसको अवसरमा सबैलाई शुभकामना । गणतन्त्रको शासकीय स्वरूप सहितको लोकतान्त्रिक प्रणालीको सही अभ्यासका आधारमा नागरिकलाई हरकोणबाट सवल र सक्षम बनाउन हामीबाट इमान्दार प्रयत्न हुन जरूरी छ । नागरिकमा व्याप्त नैराश्यतालाई हाम्रा सत्कर्मले चिर्दै आपसी विश्वास र सहकार्यको…
हिजोको हावा हुरीका कारण देशैभर भएको धन-जनको क्षतिप्रति दु:खी छु । हावा हुरीबाट निधन हुनेहरुप्रति भावपुर्ण श्रद्धान्जली र परिवारप्रति समवेदना । घाइतेको उपचारको निशुल्क प्रबन्ध मिलोस् । यो बिपदको बेलामा थप सजगता अपनाउन सबैमा आग्रह गर्दछु । राज्यका सबै संरचना सक्रिय बनुन ।
आज २५६९औं बुद्ध जयन्ती, उभौलि पर्व, चण्डी पूर्णिमा र गोरखनाथ जयन्ती : सबैमा सुख, समृद्धि र शान्तिको शुभकामना व्यक्त गर्न चाहन्छु ।
मेरा आत्मीय मित्र, पूर्वमन्त्री, वामपन्थी आन्दोलनका अग्रज प्रदीप नेपालको निधनले दुःखी बनाएको छ । उहाँसँग काम गर्दाका अनगिन्ती सुखद अनुभवहरु छन् । शोकाकुल यस समयमा स्व. प्रदिप नेपालप्रति श्रद्धाञ्जली र परिवारमा समवेदना ।
