Sharan Aryal
@SharanAryal7
शिक्षाले नै ब्यक्ति,समाज, राष्ट्र र विश्वमा सकरात्मक परिर्वतन गर्न सकिन्छ भनेर बिश्वास गर्ने र त्यसको लागि निरन्तर लागिरहेको साधारण मान्छे
गम्भीर सवालमा गम्भीर विमर्श गर्न,तर्क गर्न र आफ्नो तर्कको प्रतिरक्षा गर्न गम्भीरता चाहिन्छ, दृष्टिकोण चाहिन्छ। अहिलेका भएन बरु अर्को फलानो व्यवस्था आए हुन्छ भन्न गम्भीरता चाहिन्न, सतहीपनाले नै चल्छ। @Bishnusapkota ekantipur.com/opinion/2025/0…
नेपाली सचेत समाज पनि धेरै हदसम्म राजनीतिक शब्दावलीको प्रयोगमा विषाक्त भइरहेको छ, किनकि उसले आफ्नै आँखा अगाडिको पनि देख्न छाडेको छ।@bishnusapkota ekantipur.com/opinion/2025/0…
अहिलेको संसदमा अपवाद बाहेक धेरै माननीयहरुको प्रस्तुति र सभामुख को भुमिका माध्यमिक विद्यालयमा हुने वादविवाद प्रतियोगिता जति स्तरीय पनि रहेन भन्ने छ। जसले गर्दा सदन,सँसदिय व्यवस्था र देशको गरिमा घट्ने निश्चित प्रायः छ। राजनीति देश र जनताका लागि हो भने जनप्रतिनिधि उदाहरणिय हुनुपर्छ।
गृहकार्य सिकाइ अभ्यास हो वा अनावश्यक बोझ? सार्थक बहसको आवश्यकता महसुस गरेर यो लेख तयार पारेको हो। nepalbahas.com/story/690230/
शुभ जन्म दिनको हार्दिक मंगलमय शुभकामना मेरो प्रिय भाइ अनि राम्रो पत्रकार अनिल गिरीलाइ...... @anilkathmandu
जर्ज वासिंगटनले गणतन्त्र बारे भनेका थिए "गणतन्त्र मा अन्य व्यवस्था भन्दा कानुनको सम्मान गरिन्छ,स्वतन्त्रता र सम्पत्तिको बढी सुरक्षा हुन्छ तथा मानवमा खुसीको वितरण प्रभावकारी हुन्छ।"के नेपालमा गणतन्त्र आएपछि जनताले यस्तो अनुभूति गर्न पाएका छन ?यसको दोषी को ?गणतन्त्र कि शिर्ष नेता ?
सन्दर्भ: शिक्षामा बजेट २०८२ गतबर्ष जस्तै यसबर्ष पनि शिक्षामा बजेटको आकार बढेको त छ तर प्रतिशतमा घटेको देखिन्छ। प्रत्येक वर्ष शिक्षा बजेट प्रतिशतमा घट्दै जानु चिन्ताको विषय हो। सम्पूर्ण बजेटको लगभग ११% मात्र शिक्षामा बिनियोजन गरिएको छ जुन शिक्षामा सुधार ल्याउन अपुग छ।
सुधिर शर्माको भिक्षु, व्यापार र बिद्रोह संग केही दिन बिताएपछि अब उहाँकै अर्को पुस्तक हिमालपारिको हुरीसंग केही दिन...... @sudheerktm

लामो रस्साकस्सी पछि राष्ट्र बैंकको १८ औं गभर्नरको रुपमा शैक्षिक योग्यता अब्बल रहेका र अनुभवी डा. विश्व पौडेल नियुक्त भएका छन। बिगतका गभर्नर मध्य केही मात्र स्मरण गर्न योग्य छन। नव नियुक्त गभर्नर गुमनाम वा स्मरणीय बन्ने उनको कर्ममा भर पर्छ। अहिलेलाई बधाई र शुभकामना मात्र।
अरून्धतीका ‘स्मल थिंग्स’ ekantipur.com/koseli/2025/05… के सबै फेरिने कुरा यस्तै हुन? ओली फेरिएर देउवा, देउवा फेरिएर ओली, यी सबै फेराइ उस्तै हुन ? यो युरिनलमा अहिलेसम्म कतिजनाले पिसाब फेरे होलान्? @Bishnusapkota
धेरै पहिले कान्तिपुरमा एक प्राध्यापकले आफ्नो लेखमा लेख्नु भएको आषय थियो " नेपालमा जुन सरकार आएपनि ८/१० जना बिचौलियाहरु छन देश तिनीहरूले नै सन्चालन गर्दछन्।" हो रहेछ, नत्र २ तिहाइ नजिकको सरकारले एक गभर्नर नियुक्तिका लागि यो स्तरको तमसा गर्ने थिएन क्यारे।
सन्दर्भ: शिक्षक वृति विकास कार्यक्रम Empowering Educators : Unleashing Potential बिषयक शिक्षक वृति विकास कार्यक्रममा प्रमुख बक्ताको रुपमा सम्बोधन गर्दै " प्रेरित शिक्षक ले नै विधार्थीहरु लाई प्रेरणा दिन सक्नु हुन्छ र महान शिक्षक आन्तरिक प्रेरणाले भरिपूर्ण हुनुहुन्छ "।

२०७२ सालमा संविधान जारी भएपछि आजसम्म कुनैपनि सरकार र शिक्षा मन्त्रीले शिक्षा ऐन प्राथमिकतामा नराख्दा बार बार शिक्षक आन्दोलित हुनु परेको मात्र होइन् बिधालय शिक्षाले अनेकौं समस्या झेल्नु परेको छ। यस बिषयमा सरकार र संसदको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु।
नेपाल देश बन्न बनाउन कुनै वाद होईन, नेता नेता जस्तो, पत्रकार पत्रकार जस्तो, न्यायाधीश न्यायाधीश जस्तो, व्यवसायी व्यवसायी जस्तो, कर्मचारी कर्मचारी जस्तो, शिक्षक शिक्षक जस्तो, कलाकार कलाकार जस्तो, नागरिक नागरिक जस्तो अर्थात् सबैले आ-आफ्नो भूमिका इमान्दारी साथ निर्वाह गरे पुग्छ।
चैत्र १५ गते सम्म SEE र कहिँ कहिँ BLE परिक्षा चलिरहेको हुनेछ। तर केही ब्यक्ति, समुह,संस्था र राजनीतिक दलले काठमाडौंमा आन्दोलन गर्ने घोषणा गर्नु बालबालिका को हित र अधिकार बिपरित हुनेछ। यस्ता बिरोधका कार्यक्रमहरु १५ गते सम्म नगर्न आन्दोलनकारी मा अनुरोध छ।
राजनीति सेवा हो आयआर्जन गर्ने पेशा होईन, यो कुरा सामान्य नागरिकले पनि बुझेको छ तर नेपाल सरकार बुझ्दैन वा बुझेर पनि नबुझे झैं गर्दछ भने यस्तो सरकारलाई लाज नभएको विवेकहीन सरकार भनेर जनताले भन्नेछन्............

मेरो शिक्षा सम्वन्धी विचार: शैक्षिक क्षेत्रबाट व्यक्ति, समाज, राष्ट्र र विश्वलाई नै सकरात्मक परिर्वतन गर्न सकिन्छ।

मनन गर्नुपर्ने कुरा: "कुट्नु मात्र यातना होइन। अनावश्यक अर्ती दिनु पनि यातना हो। मान्छेका कुरा खोतलेर लज्जित पार्नु झन् ठूलो यातना हो।"- यसै पुस्तकबाट

सरस्वतीमाताले सबै नेपालीहरुलाइ सद्बुद्धि प्रदान गर्नुहुनेछ भन्ने बिश्वास का साथ सरस्वती पुजाको हार्दिक मङ्गलमय शुभकामना।

