Madhu Raman Acharya
@MadhuRamanACH
#Nepal #Diplomacy #ForeignPolicy #PublicPolicy #Governance #Politics #InternationalAffairs #Humour and #Trivia अनि केही उट्पट्यांग !
शिक्षाभन्दा विद्या ठूलो विद्याभन्दा ज्ञान! ज्ञानभन्दा बुद्धि ठूलो बुद्धिभन्दा विवेक!!
कार्कीकोमा प्रेस सम्मेलन गर्नेहरूको उस्तै हुन्छ कि क्या हो? हालत!!
पुरानोमा खोजेको कुरा नपाए नयाँ खोज्ने होला! दोकान!!
पार्टीमा फर्कन दिनु हुन्न! विद्या कसम! भनेर त भनिसकेका छैनन् नि?
उपादेयता सकिएपछि पन्छाउने वा उचालेर पछार्ने पुरानै हो! चलन!!
“फुलिङ्ग पीरियड” को खेती त अब पो खुल्दैछ! बल्ल!!
“चेमिस्ट्री” हेर्दा त कुरा नमिलेको कुरा नमिल्दो देखिने रहेछ! खै के हो?
यी मान्छे नि मन्त्री रहेछन् भनेर थाहा भो! अडियो काण्ड आएसि! बल्ल!!
पदको मर्यादा पदमा हुँदै राख्ने हो! पदबाट खुस्केपछि हैन! ल!!
राणाकालमा श्री ३ ले पजनीअघि एक बडाहाकिमलाई सोधेछन्, “यो वर्ष के कति काम भयो?” उनले आफूले मुद्दा छिनेको, मालपोत उठाएको र कुलोपैनी घोडेटो बनाएको फेहरिस्त सुनाएछन्! पजनीमा उनी खोसिएछन्। उनको ठाउँमा एक बोका बाँधिदिन श्री३ले आदेश दिएछन्! वर्षदिनपछि उत्तिनै प्रगति भएछ! त्यस्तै हो!!
सामाजिक पूँजी वा राजनीतिक महत्वाकांक्षामध्ये कुन रोज्ने व्यक्तिगत स्वतन्त्रता हो। यो कुनै कानुनी वा नैतिक प्रश्न हैन। राजनीतिमा वाहवाही मात्र हैन विरोध पनि हुनेहुँदा आर्जन गरेको सामाजिक प्रतिष्ठा गुम्नसक्छ । तर निस्कृय भएर बस्दा बाँकी राजनीतिक पुँजी ह्रास हुँदै जान्छ! त्यसैले!!
फेसबुकको “लाइक” र कागजका “हस्ताक्षर” एकै हुन्! समर्थन र सहानुभूति त होला तर भोट नै त खै कुन्नि! पहिलेकाका अनुभव हेर्दा!!
यसैगरी मन्त्रीहरूले लेनदेन गरेको भनिएको भाउ घटाउँदै जाने हो भने त कुन दिनदेखि सित्तैंमा काम गराइदिन्छन्! बिचौलियाहरूले!!
असार सकिएपछि साउन महिनाभर कुनै खास “कार्यक्रम” हुन्नन्! बजेट सकिएपछि काम पनि सकियो नि त! साल तमाम्!!
कलब्रेक खेल्न पनि नपुग्ने गरी के मन्त्री बाट हटाइदिने? भनेर पर्खेका होलान्! बल्ल त तीन पुग्यो हटाउनु पर्नेको संख्या! चार पुगेपछि पो पुग्ला त कोरम! “कलबिरे”को!!
पहिले लेनदेन र जग्गाको भाउ गर्दा “एक” भन्दा “लाख” बुझिन्थ्यो, त्यो बढेर अहिले “करोड” मा पुगेको थियो! अव “अर्व”मा नपुगोस् भनेर “पुनः “लाख”मैं झार्न खोज्दा पुरस्कृत गर्नुपर्नेमा कारबाही पो? झन्!!🤣