Hemant Giri (A Positive)
@GiriHb
I loved you enough to let you go…🙂
एउटा नांगो मानिसले केही सिप नलागेपछि ‘ला हेर्’ भन्छ रे । एमालेका मानिसहरु त हेर्न नसक्ने गरी नांगिएका बाइ ! एउटा जिद्दी, अहंकारी, सर्वज्ञानी, महाज्ञानी र हाइली इगोइस्टिक मानिसको पछाडि त्यो पार्टीको कति पुस्ता सती जाने होला बरै ! दृश्य रोमान्चक छ !😷🤔 #झोले_काण्ड
तिमीलाई सपनामा देखें भन्न पनि सपनाकै सहारा लिनुपर्ने भयो नि !😷🤔
तिमीलाई बहाना चाहिएको थियो; म पनि अब्बल रहिरहन सकिन ! 😷🤔
मैले दिएका दुःख बिर्साउने कोही तिम्रो जीवनमा आओस् ! कामना छ- मखमल जति पनि ऊ तिमीलाई नबिझाओस् !!
म फेल भएको छु । कोशिस गरेको पनि छु । म फेल भइरहेको छु । सायद म नजान्ने विद्यार्थी हुँ ।😷
केही मानिसहरुले तपाईंलाई किताबको पात्रलाई झैं माया गर्छन् । माया अलौकिक देखिने तर तपाईंको अभावको खाडल कैलै नपुरिने, यस्तो माया थाहा पाउनु भन्दा नपाएकै जाती ।😷🤔
महसुस हुनेछ तिमीलाई कुनैदिन म को थिएँ भनेर ! अफसोच त्यो दिन म हुने छैन !!😷
तपाईंको दुःख तपाईंको मात्र हो । तपाईंको सुख भाग लगाउनु पर्छ ।😷
आज फिर दिल ने एक तमन्ना की आज फिर दिलको हम ने समझाया !!😷
प्रेम गर्छु भनेर मात्र हुँदैन । तिमी प्रायोरिटीमा छौ है भन्ने आभाष दिलाउन सक्नुपर्छ । गरिदिनकै लागि गर्ने त ड्यूटी हो । र प्रेम ड्यूटी हैन । 😷🤔
लेडीजको ईगो भन्दा ठुलो कुरा जगतमा अर्को केही हुन्छ जस्तो लाग्दैन ।😷 #ओके_ सरी
प्रेम सुन्दर छ । व्यक्ति गलत भयो भनेर प्रेमलाई बोझ ठान्नु हुँदैन । सुन्दर मन बोकेको मान्छेलाई सुन्दर प्रेम नै मिल्छ । धैर्य गर ।🙏🏻🙂
एकदिन तिमीले पक्का मलाई माफ गर्नेछौ र तिमीले माफ गरेको मैले देख्ने छैन !!☺️